कोशीमा एमालेलाई बलियो र सशक्त रुपमा उभ्याउछु : शेरधन राई

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १५ : ५३
कोशीमा एमालेलाई बलियो र सशक्त रुपमा उभ्याउछु : शेरधन राई

काठमाडौं । नेकपा (एमाले) का नेता शेरधन राईले मिसन–८४ केन्द्रित भएर अभियानमा सशक्त रुपमा जुटेको बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयको बैठकले आफूलाई कोशी प्रदेश इञ्चार्जको जिम्मेवारी तोकेपछि राईले आफूले प्राप्त गरेको जिम्मेवारीमा खरो उत्रिने बताएका छन् । उनले एमालेलाई कोशी प्रदेशमा बलियो बनाउनेपनि अठोट व्यक्त गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

नेकपा (एमाले) केन्द्रीय सचिवालयको हिजो बसेको बैठकले सिंगो केन्द्रीय कमिटीको नयाँ कार्यबिभाजन गरेको छ । उपरोक्त कार्य बिभाजन अनुसार मलाई कोशी प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

नेकपा (एमाले) सु-स्पष्ट मिसन तय गरेर संगठनात्मक जग बलियो बनाउदै, बिचारधारात्मक कामलाई उच्च प्राथमिकतामा राखेर पार्टी भित्रका समस्या र अन्तरबिरोधहरुको यथा समयमा हल गर्दै मिसन ८४ केन्द्रित अभियानमा शसक्त रुपमा जुटिरहेको बेला मैले प्राप्त गरेको जिम्मेवारीलाई मैले निकै नै महत्वपुर्ण ठानेको छु ।

पार्टी केन्द्रको नीति, निर्णय, निर्देशन र योजनाहरुलाई अक्षरश: कार्यन्वयन गर्न गराउन, पार्टीलाई विधि, निती, पद्वति र प्रणालीको लिक भन्दा बाहिर जान नदिन, निती र नेतृत्वलाई स्थापित गर्न र सबै हिसावले कोशी प्रदेशमा नेकपा (एमाले) लाई बलियो र सशक्त पार्टीको रुपमा उभ्याउदै, पार्टीको मिसन बमोजिमको नतिजा दिने हिसावले मेरो सम्पुर्ण शक्ति, सामर्थ्य, समय, अनुभव र क्षमताको प्रयोग र लगानी गर्ने प्रतिबद्धता सहित म आफ्नो कार्यक्षेत्रमा एउटा इमान्दार र कुशल सहजकर्ताको भुमिकामा रहने बिश्वास म पार्टी नेतृत्व र कोशी प्रदेशको सिंगो पार्टी पंक्तिलाई दिलाउन चाहन्छु ।

यस जिम्मेवारी प्राप्त गर्दै गर्दा मलाई विभिन्न माध्यमबाट लगातार बधाई, शुभकामना र शुभेच्छा प्रकट गरिरहनु भएको छ । म सबै आदरणीय र प्रिय कमरेडहरु लगायत अग्रज अभिभावक, आफन्त, सर्मथक शुभेच्छुक सबैमा हार्दिक आभार एबं धन्यबाद ब्यक्त गर्न चाहान्छु । संगसंगै म आफ्नेो कार्यक्षेत्रमा सबैबाट निरन्तर सकरात्मक सुझाव, आलोचना, पृष्ठपोषण र मार्गदर्शनको अपेक्षा राख्दछु।

प्रतिक्रिया दिनुहोस