ओलीको प्रतिगमन विरुद्ध साझा मोर्चामा होमिन किन तयार छैनन् काँग्रेस सभापति देउवा ?

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, ०९ : २८
ओलीको प्रतिगमन विरुद्ध साझा मोर्चामा होमिन किन तयार छैनन् काँग्रेस सभापति देउवा ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन उठाउने प्रयास भए पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको चरित्रका कारण सफल हुन सकेको छैन । नेकपाको संस्थापन पक्ष प्रचण्ड नेपाल समूहले पटक पटक काँग्रेसलाई संयुक्त जनआन्दोनल निर्माणका लागि आग्रह गरेको छ ।

तर देउवा ओलीले केही दिन्छन् कि भन्दै बालुवाटारतिर लोभी नजर लगाएर बसेका छन् । संविधान रहेको अवस्थामा भोलि पनि निर्वाचन हुन्छ । संसद् बन्छ । निर्वाचनमा जित्न सकिन्छ । तर देउवा यतिखेर काँग्रेसको दुवै हातमा लड्डु छ भन्दै आन्दोलनमा जान हिच्किचाइरहेका छन् । उनले आफू पनि ओलीसँगै सकिने कि नेपाली जनताका बीचमा पुनः आफूलाई लोकतन्त्रवादी नेताका रूपमा स्थापित गर्ने महत्त्वपूर्ण अवसर आएको छ ।  नेकपा, नेपाली काँग्रेस, मधेस केन्द्रित दल, आदिवासी जनजाति तथा नागरिक समाजको साझा मोर्चा बनाएर प्रतिगमनविरुद्धको आन्दोलन अगाडि बढाउन जनस्तरबाट दबाब बढ्दै आएको छ ।

संविधान मिचिएको विषयमा आफ्नो धारणा नराख्ने, नबोल्नेलाई भोलि इतिहासले क्षमा दिने छैन । २०६२ सालमा पनि तत्कालीन प्रमुख सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को पहलमा नै संयुक्त जनआन्दोलन पैदा भएको थियो । सबै दल तथा समूह मिल्दा मात्रै नेपाली जनताले पनि साथ दिएका थिए । सोही जनबलमा मात्रै ज्ञानेन्द्र शाहले जनताका सामु घुँडा टेकेका थिए ।  पछिल्लो पटक जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले फागुनको दोस्रो सातादेखि संयुक्त जनआन्दोलनले अकार लिने बताएका छन् । उनले संयुक्त आन्दोलनका लागि सबै पक्षका बीचमा साझा अवधारणासमेत बनाउनुपर्ने बताएका छन् ।

उनीहरूले संयुक्त जनआन्दोलनका लागि सबैलाई आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले तत्काल निर्णय गरोस् र जनताको पक्षमा उभियोस् । संविधान रहे व्यवस्था रहन्छ । व्यवस्था रहे भोलि हुने निर्वाचनमा जित हासिल गर्न सकिन्छ । तत्कालको फाइदा हेरेर अवसरवादी चरित्र देखाएर काँग्रेसले आफूलाई अनदेखा नगरोस् । किनकि ओलीको प्रतिगमनविरुद्ध दीर्घकालीन कार्ययोजनासहित संयुक्त जनआन्दोलन निर्माण गर्नु आजको प्रमुख कार्यभार हो । केही भएको छैन, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् भनेर बसेको खण्डमा त्यसले क्रमशः व्यवस्था नै सकाउने छ । 

उनले सबैको सामूहिक प्रयासबाट मात्रै ओलीको प्रतिगमनलाई परास्त गर्न सकिने बताईरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले समेत संयुक्त आन्दोलनका लागि नेपाली काँग्रेसलाई आग्रह गरेको छ । ती दलले छुट्टाछुट्टै रूपमा आन्दोलन त गरिरहेका छन् । तर त्यसले जनतालाई पूर्ण रूपमा उद्देलित गर्न सकेको छैन । ओली गिरोह र  पूर्व राजावादीहरू मात्रै ओलीको पछिल्लो कदममा खुसी भएका छन् । त्यसबाहेक सारा नेपाली जनता प्रतिगमनका विरुद्ध उभिएका छन् । 

उनीहरूले संयुक्त जनआन्दोलनका लागि सबैलाई आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले तत्काल निर्णय गरोस् र जनताको पक्षमा उभियोस् । संविधान रहे व्यवस्था रहन्छ । व्यवस्था रहे भोलि हुने निर्वाचनमा जित हासिल गर्न सकिन्छ । तत्कालको फाइदा हेरेर अवसरवादी चरित्र देखाएर काँग्रेसले आफूलाई अनदेखा नगरोस् । किनकि ओलीको प्रतिगमनविरुद्ध दीर्घकालीन कार्ययोजनासहित संयुक्त जनआन्दोलन निर्माण गर्नु आजको प्रमुख कार्यभार हो । केही भएको छैन, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् भनेर बसेको खण्डमा त्यसले क्रमशः व्यवस्था नै सकाउने छ । 

त्यसकारण तत्काल संयुक्त जनआन्दोलनको मैदानमा संयुक्त राजनीतिक कार्ययोजनासहित प्रतिबद्ध भएर लाग्नु नै आजको प्रमुख कार्यभार हो । राजनीतिक विश्लेषकहरू भन्छन्, अब राजनीतिक प्रणालीमा देखिएका कमी तथा कमजोरीसमेत सुधार गर्ने कार्ययोजनाका साथ आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु जरुरी छ । त्यसका लागि सबैको साथ र सहयोगका अलावा राजनीतिक प्रतिबद्धतासमेत जरुरत पर्दछ । अब कुनै पनि बहानाले चल्दैन । नेपाली जनताले बहाना स्वीकार गर्दैन् । किनकि नेपाली जनताको चेतना राजनीतिक नेतृत्वको भन्दा अगाडि नै हुन्छ । यो विगतमा पनि देखिएको हो । अहिले पनि देखिएको नै छ । किनकि जनता नै परिवर्तनका खास संवाहक शक्ति हुन् । 
 

प्रतिक्रिया दिनुहोस