काठमाडौँ । संवैधानिक निकायहरूमा गरिएको अवैधानिक नियुक्तिको तथा प्रतिनिधिी सभा विघटनको विरोधमा नागरिक अगुवाहरूले आज बिहान काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरूले प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् ।
संवैधानिक निकायहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको मार्चमासमा सहभागीहरुको भनाइ छ । नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन् । तर प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरू अहिले महाराजगन्ज, पानीपोखरीमा सभा गरिरहेका छन् ।
विभिन्न संवैधानिक निकायका अध्यक्ष र सदस्यका रूपमा सिफारिस गरिएकाहरूलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । मार्च पासमा सहभागीहरुले राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा अंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०९ : ३३
लेखकबाट थप