एजेन्सी । सैनिकले कु गरेको विरोधमा म्यानमारमा स्थानियबासी आन्दोलित बनेका छन् । सैन्य कू को विरोध स्थानियसँगै अन्तर्राष्ट्रिय दबाब पनि तीव्र हुँदै गएको छ । सोमबार बिहान सेनाले गरेको कू को विरोधमा विश्व समुदाय एक भइरहँदा म्यानमारका बासिन्दा पनि विरोधमा उत्रिएका छन्।
म्यानमारको सबैभन्दा बढि जनघनत्व युक्त शहर याङ्गुनका बासिन्दाले भाँडा तथा गाडीका हर्न बजाएर सैन्य कू को विरोध गरेका छन् । सोमबार सेनाले निर्वाचित सरकारका राष्ट्रपति, नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । सेनाले एक वर्षका लागि देशमा संकटकालको घोषणा पनि गरेको छ ।
प्रजातन्त्रमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरुले देशका प्रमुख शहरहरुमा हडतालको योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अभियन्ताहरुले सत्ताप्रति नागरिक बहिष्कारका लागि आह्वान गरेका छन् । तर सुरक्षा व्यवस्था अति नै कडा भएकाले अवस्था सेनाको पूर्ण नियन्त्रणमा रहेको पत्रकारहरुले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
नेतृ सूकीलाई रिहा गर्नका लागि सेनामाथि अन्तर्राष्ट्रिय स्तरमै दबाब बढ्दै गएको छ । म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ माघ २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु