काठमाडौं। चक्रवात ‘यागी’का कारण आएको बाढीले म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमारको सरकारले बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ । ८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।
साथै म्यानमारमा धेरै जमिनमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ।
आधिकारिक तथ्याङ्कअनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको शुरूमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश