एजेन्सी । म्यानमारको सेनाले नेतृ आङ सान सुकीलाई पुनः पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउ गरेको हो ।
सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको संचारमध्यमहरुले जनाएको छ । उनीहरुलाई नियन्त्रणपछि राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन्, भने टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बीबीसीले जनाएको छ ।
सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) पार्टीले सरकार बनाउन पुग्ने बहुमत ल्याए पछि सेनाले उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। तर म्यानमारको निर्वाचन आयोगले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ । म्यानमारमा केहि समयदेखि सेनाले कू गर्न सक्ने आशंका हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु