करेन्ट लागेर एकजना युवाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १३ : ५७
करेन्ट लागेर एकजना युवाको मृत्यु

सप्तरी । सप्तरीमा मोबाइल पसलमा करेन्ट लागेपछी एकजना युवाको मृत्यु भएको छ ।  राजविराज नगरपालिका-४ स्थित मोबाइल पसलमा करेन्ट लागेपछि  पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साहको मृत्यु भएको हो । 

शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।