रौतहट । करेन्ट लागेर मृत्यु हुने घटनामा वृद्धि भएसँगै सचेतनाका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले १० बुँदे सूचना जारी गरेको छ।
जिल्लामा छोटो अवधिमै करेन्ट लागेर ८ जनाको मृत्यु भएपछि त्यस्ता घटनाबाट जोगिन सर्वसाधारणको सचेतनाको लागि सूचना जारी गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
विद्युतीय करेन्ट बाट जोगिन जिल्ला प्रहरी कार्यालय रौतहटले खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीको काम नगर्न, बिजुली सम्बन्धी मर्मतको काम बिजुली मिस्त्री बाट मात्र गराउन, घरमा वायरिङ गराउँदा कमसल पुरानो वा जोडजाड गरिएको तार प्रयोग नगर्न सकभर अन्डर ग्राउन्ड वायरिङ गरेर मात्रै बिजुलीको काम गर्न आग्रह गरेको छ।
त्यस्तै घरमा बिजुलीको बोर्ड राख्दा साना बालबालिकाले छुन नसकिने उचाइमा राख्न, घरको एक ठाउँ बाट अर्को ठाउँ वा एउटा कोठा बाट अर्को कोठामा आफ्नो सुविधा अनुकूल हुनेगरी जथाभाबी तार नझुन्ड्याउन, जोखिम र सुरक्षालाई ध्यान राख्न, खेतमा पानी पठाउन सिँचाइ मिटरको प्रयोग गरी मात्र पानी तान्ने मोटर जडान गर्न, रातको समय वा अँध्यारोमा बिजुलीको तार चलाउने, मर्मत कार्य गर्ने वा खेतमा पानी नपटाउन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।
त्यसैगरी खेतमा पानी पठाउँदा अनिवार्य रूपमा एक जना कुरुवा खेतमा बस्न, कहिल्यै पनि डाइरेक्टर हुटिङ लगाई बिजुली चोरी नगर्न, सामान्यतया काम काज गर्दा हातले छुन सकिने वा खुट्टा लाग्न सकिने ठाउँमा बिजुलीको तार स्विच बोर्ड नराख्न सूचना मार्फत अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते