काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतको
तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ हर्नामपुर बस्ने राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मङ्गलवार राति मृत्यु भएको छ ।
आफ्नै घरको पानी तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक हस्पिटल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी
खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते