काठमाडौँ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता मोरङको सुनवर्षी नगरपालिका-४ चैत्ता बस्ने ३५ वर्षीया रेखा देवी सिंहको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको माथि टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु