कालीकोट । जिल्लाको शुभकालिका गाउँकांपालिका-४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईको मृत्यु भएको जानकारी दिए ।
चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु