काठमाडौँ । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर कारबाही गर्नुपर्ने बताएका छन् ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध रिट निवेदन हालेका छन् ।
न्यायाधीश मनोज शर्माको बिहीबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीलाई त्यसै छोड्न नमिल्ने बताए । उनले प्रधानमन्त्रीको बयान लिएर अवहेलना मुद्दामा कारबाही गर्नुपर्ने बताए
उनले प्रधानमन्त्री ओलीलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्ने राय प्रकट गरे । अवहेलना मुद्दामा पाकिस्तानमा प्रधानमन्त्रीलाई बर्खास्त नै गरिएको उदाहरण उनले दिएका थिए ।
अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताए । अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई उपस्थित गराउनुपर्ने उनको राय थियो ।
अधिवक्ता ओमप्रकाश अर्यालले सत्याग्रही गोविन्द केसीलाई अनसनस्थलबाट पक्राउ गरेर ९ घन्टा बयान गराएको भन्दै इजलासमा ओलीलाई बोलाउन माग गरेका थिए । अर्यालले यो फौजदारी अपहेलना भएकाले आफै उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली