एजेन्सी । भारतको महाराष्ट्र राज्यले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने व्यवस्था भएको कानुन ल्याएको छ । महाराष्ट्र राज्यको मन्त्रीपरिषद्ले सो व्यवस्थासम्बन्धी कानुनलाई विधानसभाको हिउँदे सत्रमा विधयेक प्रस्तुत गर्ने भएको छ ।
यसैगरी उसले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ । राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिवाना लगायतका कडा सजायहरूको व्यवस्था गरिएको बताएका छन् ।
विधयेक अनुसार एसिड आक्रमण पीडितको शल्यक्रिया लगायतका उपचारका लागि १० लाख रूपैयाँ दिइनेछ भने सो रकम दोषीबाट असुल गरिनेछ । यस अनुसार आरोपीविरूद्ध ३० दिनभित्र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ भने मुद्धाको सुनुवाइ विशेष अदालतमा हुनेछ। विधयेकमा प्रहरीले १५ दिन भित्र आरोपत्र अदालतसमक्ष पेस गरिसक्नुपर्ने प्रावधानको व्यवस्था गरिएको छ । गृहमन्त्री देशमुखले १४ दिसेम्बरबाट सुरू हुने विधानसभाको हिउँदे सत्रमा विधयेक प्रस्तुत गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ मंसिर २०७७, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान
भारतले बन्द गर्यो पाकिस्तानसँगको मुख्य सीमा, सिन्धु सन्धि निलम्बन
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा