म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिन बाध्य

एजेन्सी

बुधबार, २४ मंसिर २०७७, ०९ : ०९
म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिन बाध्य

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिन बाध्य भएको छ । म्यानचेस्टर जर्मन क्लब आरबी लेइप्जिगसँग पराजित हुन बाध्य भएको हो । 

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली आरबीले म्यानचेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेको हो । आरबीका लागि एन्जेलिनो, हैदरा र क्लुइभर्टले गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि अन्तिम समयमा ब्रूनो फेर्नान्डेस र पउल पोग्बाले गोल गरे पनि हार टार्न सकेनन् ।

जितपछि आरबी १२ अंकसहित समूह विजेता बन्यो । ९ अंक रहेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहन बाध्य भयो । समान ९ अंक नै भए पनि हेड टू हेडका आधारमा पिएसजी दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस