काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने र झगडाको पछि नलाग्न कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।
आम कार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको समधानमा स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहाँले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राख्नुभयो ।
पार्टी गहिरो सङ्कटमा रहेको बताउँदै उहाँले यस सङ्कटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गर्नुभयो । नेतृत्वबाट सिर्जित समस्या आफैँले नै समाधान गर्नुपर्ने धारणा उहाँको थियो । पहिला पार्टी अलग–अलग हुँदा एकता भइसकेको जस्तो देखिए पनि अहिले पार्टी एकता भएपछि मन विभाजित जस्तो देखिनु राम्रो नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पहिले पार्टीका कार्यकर्ताको भेटमा सञ्चोबिसञ्चो सोध्ने गर्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्ने गरेको बताउनुभयो । उहाँले पार्टीलाई माया गर्नेहरु सङ्कटले गर्दा डाँको छाडेर रोएको बताउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा देखिएका समस्या बैठकबाट हल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले नेकपा पार्टी एकतालाई थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी बलियो हुँदा देश र जनताको हितमा काम हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २३ मंसिर २०७७, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल
विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल