हराइरहेका गैडाकोटका दाजुभाइ मृत फेला

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, ०९ : ००
हराइरहेका गैडाकोटका दाजुभाइ मृत फेला

कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजे गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए ।  मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस