अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १२ : ०८
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता

वासिङ्टन डिसी । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका धेरै नेताहरूसँग भेट गरेका छन् । सोही क्रममा मोदीले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटमा मोदीले इजरायल–प्यालेस्टाइन मुद्दामा आफ्नो कुरा दोहोर्‍याए । ‘राष्ट्रपति महमूद अब्बाससँग न्यूयोर्कमा भेट भयो । क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्नेबारे भारतले आफ्नो समर्थन दोहोर्‍याएको छ ।

प्यालेस्टाइन र भारतबिचको पुरानो मित्रतालाई अझ सुदृढ बनाउने विषयमा छलफल पनि भयो,’ मोदीले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बाससँगको आफ्नो तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन् ।प्रधानमन्त्री मोदीले कुवेतका युवराज शेख सबाह खालिद अल–हमद अल–सबाहलाई पनि भेटेका थिए ।

‘कुवेतका युवराज शेख साबाह खालिद अल–हमद अल–सबाहसँग निकै अर्थपूर्ण कुराकानी भयो । फार्मा, खाद्य प्रशोधन, प्रविधि र ऊर्जाको क्षेत्रमा भारत–कुवेत सम्बन्धलाई अझ बलियो बनाउन छलफल गरियो,’ एक्समा तस्बिरसहित प्रधानमन्त्रीले लेखेका छन् । अमेरिकामा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीसँग पनि भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस