विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ मा बस्दै आएका चन्द्रबहादुर तामाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । पथरी शनिश्चरेको मायालु चोकमा आफ्नै घरभित्र तामाङ मृत फेला परेका छन् । उनको शरीरका विभिन्न स्थानमा चोट छ । मृत भेटिएका तामाङको शव नजिक रगत लतपतिएको प्रहरीले जनाएका छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए । ‘रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ, बताए । उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरू छन् ।’
घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए । स्थानीयले घटनाको जानकारी दिए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानमा डीएसपी दाहाल आफैँ खटिएका छन् ।
सो घरमा उनी ज्वाइँ रविन राईसँग बस्दै आएका थिए । घटनापछि ज्वाइँ राई भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीका अनुसार रविन ससुराली घरमा बस्दै आएको थिए । दुवै ज्वाइँ ससुरा ज्यामी काम गर्दै आएका छन् । सो घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । यससघि पनि उनीहरू सधैँ मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । गएराति पनि मदिरा सेवन गरेको पाइएको दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा एक महिलाको हत्या
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा
कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या