विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १२ : ४१
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

बुधवार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात्  खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।यता सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पदमपुर बस्ने विजय सुनारको छोरा करिब ३ वर्षीय ओम बहादुर सुनारसोही उपमहानगरपालिका –१५ उपल्लो चम्किपुर कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कुलोमा खेल्ने क्रममा हराएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर टाढा शव फेला परेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस