काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरीको मनराशिश्वा नगरपालिका-५ स्थित दशगजाक्षेत्रमा भारत सितामाढी थाना सोनवर्षा भुतही-१२ बस्ने ३५ वर्षीय रबिन्द्र साह मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाल्पाको रम्भा गाउँपालिका-५ बाकुम बस्ने ५९ वर्षीय केसरसिंह गाहा पनि सोही ठाउँस्थित बाटोको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको नगराईन नगरपालिका-२ नगराईन चोकमा अन्दाजी ७० वर्षीय पुरूष तथा पर्वतको कुश्मा नगरपालिका-८ दोविल्लामा अन्दाजी ६५ वर्षीय पुरूष समेत मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका पुरूष मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला