काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
कैलाली, टीकापुर नगरपालिका-२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
गोरखा, सिरानचोक गाउँपालिका-७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका-८ किउरेनी बस्ने ५० वर्षीय काइँला तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका-३ जात्राथली बस्ने ५५ वर्षीय मान बहादुर बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा, माडी गाउँपालिका-१ रिसम्जास्थित चिउरीघाट खोलाको किनारमा गंगादेव गाउँपालिका-२ बस्ने ६५ वर्षीया तुलसी कामी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार बेलुकी गंगादेव गाउँपालिका-२ स्थित शुक्खाओडार खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
बारा, कलैया उपमहानगरपालिका-२ स्थित दोहरी चौक सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका-५ सूर्यदय टोल सुक्कुमबासी लाईन बस्ने ५५ वर्षीय राईमाइला भनी चिनिने पुरुष आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगन्ज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर नजिकै रहेको नालाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला