देशका विभिन्न स्थानमा ९ जना मृत फेला

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १२ : ३५
देशका विभिन्न स्थानमा ९ जना मृत फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी  मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीय सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।यसैगरी नवलपरासी पश्चिम, सरावल गाउँपालिका–४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका(६ मोहनपुर बस्ने ३२ वर्षीय जीवन गुरागाई मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

जाजरकोट, भेरी नगरपालिका–२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका–५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् । दोलखा, भिमेश्वर नगरपालिका–६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका–१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका–१४ विक्रम बस्ने ७१ वर्षीय जुद्ध बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाही, पर्सा गाउँपालिका–५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस