श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेले लिए राष्ट्रपतिको शपथ

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ११ : ५७
श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेले लिए राष्ट्रपतिको शपथ

कोलम्बो । श्रीलंकामा अनुरा कुमारा दिसानायकेले नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । ५६ वर्षका दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनी वामपन्थी दल नेशनल पिपुल्स पावर (एनपीपीका नेता हुन् । शनिबार भएको निर्वाचनमा उनले सामागी जन बालावेगाया (एसजेबी)का साजिथ प्रेमदासालाई हराएका थिए।

प्रतिक्रिया दिनुहोस