युवा संघ र अनेरास्ववियुको नेतृत्व : को–को छन् लाइनमा ?

पत्रपत्रिकाबाट

शनिबार, २६ फागुन २०७४, १३ : ०९
युवा संघ र अनेरास्ववियुको नेतृत्व : को–को छन् लाइनमा ?

काठमाडौं । नेकपा एमालेका शक्तिशाली दुई भ्रातृ संगठनका अध्यक्षहरु प्रतिनिधिसभा र प्रदेशसभाको सांसद बनेपछि संगठनको नेतृत्वका लागि पदाधिकारीको हानथाप शुरु भएको छ ।

एमालेको जनवर्गीय संगठनमा युवा सघं नेपाललाई शक्तिशाली संगठनका रुपमा लिने गरिएको छ । त्यस्तै विद्यार्थीको संगठनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) पनि त्यत्तिकै बलियो विद्यार्थी संगठनका रुपमा स्थापित छ ।

युवा संघका अध्यक्ष राजीव पहारी कास्की ४ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएपछि नेतृत्व हस्तान्तरणको बहस शुरु भएको हो ।
सांसदको जिम्मेवारीमा गएपछि अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसक्नु भएको छ । उहाँ एमालेको समानुपातिक सांसद हुनु भयो ।

अनुरास्ववियुमा अहिले चार उपाध्यक्षसहित महासचिव गरी पाँच जनाको एकसाथ नेतृत्वको दावी देखिएको छ । जसमा उपाध्यक्षहरु सुनिता बराल, शैलेश लामा, रश्मि आचार्य, महेश बर्तौला तथा महासचिव ऐनसिंह महरको मुख्य दावेदारी छ ।
एमालेको ब्याकबोनका रुपमा सथापित युवा संघ नेपालको नेतृत्वको दाबी पाँच जना दौडमा देखिनु भएको छ । दौडमा बरिष्ठ उपाध्यक्ष दिलु पन्त, उपाध्यक्षहरु रमेश पौडेल, राजु गुरुङ, महासचिव किरण पौडेल, र सचिव नरेश शाही देखिनु भएको छ ।-यो खबर हामीले गोरखापत्रबाट लिएका हौँ

प्रतिक्रिया दिनुहोस