रुपन्देही । नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।
कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा
कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत
सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ह्विप जारी
धनराजको डिभोर्स संसदको बहस बन्न सक्दैन, सहकारी ठगीको छानविन हुनसक्छ : काँग्रेस
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
उपसभामुखबारे छलफल गर्न कांग्रेस बैठक बस्दै