काठमाडौं । सरकारले संवैधानिक मर्म तथा सरकारद्वारा गठित विभिन्न विज्ञ समितिको सुझावविपरीत सार्वजनिक खर्च बढाउने गरी मन्त्रालय थप्ने गृहकार्य सुरु भएको छ ।
सत्तारूढ नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल गुटगत भागबन्डा मिलाउन मन्त्रालयको संख्या थप्ने विषयमा सहमतिमा पुगिसकेका छन् ।
‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाउने सहमति बनिसकेको छ,’ उनीहरू निकट स्रोतको दाबी छ । संविधानले प्रधानमन्त्रीसहित २५ जना मन्त्री बनाउन सक्ने अधिकार दिएको र हाल भइरहेकै कर्मचारीले काम गर्न सक्ने भएकाले नै मन्त्रालय थप्न लागिएको नेकपा स्रोतको तर्क छ ।
तर मन्त्रालय थप गर्नेबित्तिकै मन्त्री र सचिवालय समूह, कर्मचारी र दैनिक मसलन्द खर्चको भार स्वतः थपिन्छ । प्रतिमन्त्रालय कम्तीमा वार्षिक १ अर्ब रुपैयाँको व्ययभार हुन्छ । हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्रीसहित १ सय ५ जनाको सरकारी दरबन्दी छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ असोज २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
लामो समय एकै कार्यालयमा बस्नेप्रति मन्त्रालय अनुदार
१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम, शंका नगर्नू :मन्त्रालय