काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा विकासे मन्त्रालयको नतिजा कमजोर देखिएको छ । विकासे मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनमा उत्तीर्ण हुनका लागि आवश्यक अङ्कसमेत ल्याउन सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ती मन्त्रालयले गरेका कार्यसम्झौताबमोजिम काम हुन सकेका छैनन् । ती मन्त्रालयका मन्त्रीले प्रधानमन्त्रीसँग २०८१ भदौ २७ गते कार्यसम्पादन सम्झौता गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणले चालु आर्थिक वर्ष (२०८१/८२) को छ महिनामा मुलुकको पूर्वाधार विकासको मुख्य बागडोर समालेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयको नतिजा कमजोर देखाएको हो । विकासे मन्त्रालयको कार्यप्रगति कमजोर हुँदा लक्ष्यबमोजिम विकास खर्चसमेत हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ फागुन २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
लामो समय एकै कार्यालयमा बस्नेप्रति मन्त्रालय अनुदार