काठमाडौँ । दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ । मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका लागि डाकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
छलफलको क्रममा मुख्यतया सडकको अवस्था, रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको सम्बन्धमा छलफल हुने उनले बताए । आजको छलफलपछि यातायात व्यवस्था विभागको नेतृत्वमा व्यवसायी र मजदुर सम्मिलित कार्यदलले यसको व्यवस्थापन गर्नेछ ।
यो वर्ष पनि पोहोरजस्तै दसैँ आउनुभन्दा एक साता अघि मात्रै बुकिङ खुला हुने सम्भावना रहेको स्वाँरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामो समय एकै कार्यालयमा बस्नेप्रति मन्त्रालय अनुदार
१५ दिनभित्र राय नदिए फाइल स्वतः सदर