काठमाडौँ । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।
सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पु¥याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।
उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पु¥याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ । यस्ता विपद्का घटनामा सेनाका तत्तत्स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् ।
सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, २२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए