कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग

सफल खबर संवाददाता

विहीबार, २९ कार्तिक २०८१, ११ : ०५
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ ।महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

त्यस अवसरमा बाढीपीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेको उल्लेख बताए । 

पुनः स्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताए । 

सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र सङ्गठनका पदाधिकारी सहभागी थिए । 

 

प्रतिक्रिया दिनुहोस