काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिनै लागेपछि अबको मुख्य सचिव को बन्ला ? प्रशासनिक क्षेत्रमा निक्कै चर्चा शुरु भएको छ । तर रेग्मीलाई राजदुत बनाएर उनलाई पदावधी अगावै राजीनामा गर्न लगाउने र मुख्य सचिवमा आफु अनुकुल सेटिङ मिलाउने गरी परराष्ट्र सचिव शंकरदास वैरागीलाई ल्याउने तयारीमा सरकार लागेको खुल्न आएको छ ।
वैरागीको पदावधी असोज २२ र रेग्मीको कात्तिक ६ सम्मको पदावधी छ । तर रेग्मीको पदावधी सकिनु अगावै मुख्यसचिव रेग्मीलाई पदबाट राजीनामा गराउन लगाई मुख्य सचिव बनाउने र रेग्मीलाई भने राजदुत बनाउने योजनामा सरकार लागि परेको छ । यसका लागि रेग्मीले बाटो खुलाउनु पर्ने हुन्छ । उनको इच्छा सरकारले पूरा गरिदिनुपर्ने हुन्छ । एक महिनापछि स्वतः बिदा हुनुपर्ने रेग्मीले सरकारको यही बाध्यता बुझेर आफ्ना लागि पदीय बार्गेनिङ गरेको स्रोतको भनाई छ ।
उनले आफुलाई सरकारले कुनै राम्रो देशको राजदुत बनाएमा पदावधी सकिनु अगावै पनि राजीनामा दिन आफु तयार रहेको सन्देश प्रधानमन्त्रीको कानमा पु¥याईसकेका छन् । प्रधानमन्त्रीले पनि मुख्यसचिव रेग्मीलाई राजदुत बनाएर भएपनि परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी सोचेको उनको सचिवालय स्रोतको जिकिर छ । वैरागीको पदावधी २२ असोजमा सकिने भएकोले उनी पदमा बहाल रहँदै रेग्मीले राजीनामा दिए सरकारले वैरागीलाई मुख्य सचिव बनाउन सक्नेछ । तर, रेग्मीले राजीनामा नदिई पदावधीसम्मै कायमै रहे वैरागीले बिदाई हुनुपर्नेछ ।
तर अहिले मुख्य सचिवको दौडमा रहेका पर्यटन सचिव केदारबहादुर अधिकारी, उद्योग सचिव चन्दकुमार घिमिरे, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसुदन अधिकारी लगायत छन् । वैरागीको दाउ भने पहिले नै सेटिङमा रेग्मीले राजीनामा दिए, आफ्नो लागि ढोका खुल्ने भन्दै भित्री लविङमा छन् ।
ओली पनि वैरागीलाई बनाउने दाउमा लागेपछि रेग्मीले बार्गेनिङ बढाएको स्रोत बताउँछ । ओलीले रेग्मीलाई सरकारमा आएपछि नै मुख्यसचिबाट पन्छाउन चाहिरहेका थिए । तर ओलीको मनस्थिती बुझेर गतिविधिमा साथ दिन थालेपछि रेग्मी अहिलेसम्म मुख्यसचिवमा टिकेका थिए ।
स्रोतका अनुसार अहिले उनलाई बेलायतको राजदुत बनाउने गरी तयारीमा सरकार लागेको छ । ’अबको साता, दश दिनभित्रै रेग्मीले पदबाट राजीनामा दिएमा उनलाई बेलायतको राजदुत बनाउने र असोज २२ मा निवृत हुन लागेका वैरागीलाई मुख्य सचिव बनाउने दाउमा प्रधानमन्त्री हुनुहुन्छ,‘ स्रोतले भन्यो, –’तर यो खेलमा रेग्मीले मान्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ असोज २०७७, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री
सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने
त्रिवि दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभीमानी नागरिक हौं
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि