काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको हिजो गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ । तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । एक हप्तापछि फेरि कोइरालाको पिसिआर परीक्षण गरिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ असोज २०७७, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ : शशांक कोइराला
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला
हामीले धर्म निरपेक्ष बनाएर गलत गर्यौँ : डा. शशांक कोइराला
सरकारका कामप्रति नागरिक सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्यो : शशांक कोइराला