काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास जनाए ।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’
अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने भन्दै कोइरालाले तब मात्र विकासका काम अघि बढ्ने बताए । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न काँग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ : शशांक कोइराला
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला
हामीले धर्म निरपेक्ष बनाएर गलत गर्यौँ : डा. शशांक कोइराला