सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १४ : ३३
सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमा हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना छन् । 

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए ।