सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको पाइएको छ । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले बताए ।
उनका अनुसार घटना बुधबार बिहानको हो । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलिनसकेको उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको क्षेत्रीले बताए ।
‘घटना शङ्कास्पद नै छ, नजिकको प्रहरी गएर घटनास्थल सुरक्षित राखिरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले म पनि जाँदै छु, बाटोमा छु ।’ अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला