काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख गरे ।
उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्र ब्युमा फसिरहेका हुन्, हामी सबैले आत्म समीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’
देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ । उनले भने, ‘वीरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ। सोचनीय विषय छ। प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो। स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्साउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा
दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा ज्ञानेन्द्र
ज्ञानेन्द्र शाहसम्बन्धीको ब्यानरमा बागमतीका गृहमन्त्रीको हस्तक्षेप