काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा निजामति विधेयकबारे बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्नुहुन्न ।’ उनले कर्मचारीहरुको सरुवा व्यवस्थित गर्न समेत सझुाव दिए ।
कोइरालाले ५ वर्ष एउटै पदमा काम गर्नेलाई १ र १० वर्ष काम गरेकालाई २ तहले वृद्धि गर्न समेत प्रस्ताव राखे । उनले उमेरहद ६० बनाउन सुझाव दिँदै त्यसमा विभेद गर्न नहुने बताए । कोयरालाले भने, ‘कर्मचारी सेवामा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ वर्ष ठिक छ ।
उनले प्रमोशन खोज्ने भएकोले कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गर्न समेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १४ : ०९
लेखकबाट थप