चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै मेसु तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । भने प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै आइसोलसनम बसेका छन् ।
संक्रमित तिनै जनामा कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले जानकारी दिए । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका छन् ।
अस्पतालको प्रसुती र आकस्मिक कक्षलाई निर्मलीकरण गरेपछि मुल कक्षलाई सञ्चालनमा ल्याउने तयारी छ । अस्पतालले आधारभूत सेवा अवरुद्ध नहुने गरी आकस्मिक कक्षको वैकल्पिक कक्ष व्यवस्थापन गरिन लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ साउन २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरको छ लेन सडक निर्माणको ८५ प्रतिशत काम सम्पन्न
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै