काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ओली–प्रचण्ड–खनाल भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । प्रचण्ड र झलनाथ खनाल लगानी बोर्डमा विचौलियालाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीमाथि खनिए ।
तर, प्रधानमन्त्री ओलीले सुशील भट्ट योग्य, सक्षम रहेको र प्रतिस्पर्धाबाट जाँच पास गरेर सीईओ बनेको भन्दै नियुक्तिको बचाऊ गरेपछि केहीबेर नेताहरुबीच यही विषयलाई लिएर चर्काचर्की नै भएको थियो ।
प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली