सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने

रासस

शनिबार, १७ साउन २०७७, २१ : ४३
सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने

फाइल तस्विर

काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । 

“विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भन्नुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।”

शैक्षिक सत्र २०२०÷०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस