काठमाडौँ । पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण जिम्मा आफैं लिन खोज्छन् जुन निजामती कर्मचारीले हुन दिँदैनन् । जसले त्यो सिस्टम परिवर्तन गर्न खोज्यो ऊ त्यहाँबाट सरुवा हुन्छ ।
त्यस्तै कारणले नै पोखरा महानगरपालिकाको प्रत्येक महिनामा प्रशासकीय प्रमुख परिवर्तन हुने गर्छन् । देश संघीयतामा गएपछि स्थानीय तहको निर्वाचनपश्चात पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी छन् ।
उनकै कार्यकालमा ६ जना प्रशासकीय प्रमुख परिवर्तन भएका छन् । उक्त समयावधिमा एक जना प्रमुख प्रशासकीय एक वर्षबाहेक अरु भने महिना दिनमै परिवर्तन हुने गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ साउन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा महानगरपालिकाले हटाएका ५९ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन