काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद जँहाको त्यही छ । तर निरन्तर बैठक स्थगित हँुदै आएपछि विषय परपर धकेलिने क्रम रोकिएको छैन् । प्रधानमन्त्री ओलीलाई स्थायी समिति बैठक धकेलिदै जादा हाइसन्चो भएको छ । उनको राजीनामा मागेका प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुमा पनि एक आपसमा शंका आशंकाले डेरा जमाएको छ । यही बीच १३ साउनसम्म मंगलबार स्थायी समिति बैठक स्थगित गर्ने निर्णय भएपछि वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुको कोटेश्वरमा गोप्य बैठक बसेको छ ।
नेपालको कोटेश्वर निवास नजिकै रहेको वन पैदावार समितिको कार्यालयमा अबेर साँझ चार घण्टा सम्म नेपाल निकट स्थायी समितिका नेताहरुको बैठक बसेको थियो । पर्यटनमन्त्री योगेश भट्टराई मात्र अनुपस्थित रहेको नेपाल पक्षिय भेलामा अन्य नेपाल सहित १२ जना स्थायी समिति सदस्यहरुको सहभागिता रहेको थियो । पार्टी विवाद उत्र्कषमा पुग्दै गर्दा गत शनिबार प्रधानमन्त्री केपी ओलीले पार्टी सचिवालय बैठकमा एक्कासी अर्ली महाधिवेशनको प्रस्ताव ल्याउनु र त्यसैमा प्रचण्डले मौन समर्थन जनाएको घटनामा संशकित भएको नेपाल समुहले अब आफ्नो समुहको रणनीतिक कदम के बनाउने भन्ने विषयमा त्यहाँ गहिरो छलफल गरेको सहभागी एक स्थायी समिति सदस्यले सफलखबरसँग भने ।
उक्त समुहले अध्यक्ष प्रचण्डले अब कुन स्टेप चाल्छन्, त्यसैका आधारमा प्रचण्डसँगको गठबन्धन रहने या स्वतन्त्र गठबन्धन लैजाने भन्नेमा निश्र्कष निकाल्ने पनि समझदारी बनाएका छन् । अहिले प्रचण्डलाई पनि शंका र लाभ दुबै दृष्टिकोणले हेर्ने निश्र्कष पनि उक्त बैठकले निकालेको ति नेताले बताए । प्रधानमन्त्री ओलीले नजानेर होइन, जानेरै सरकार र पार्टीलाई मनमौजी रुपमा चलाउदै आएको र त्यसरी सरकार र पार्टी सञ्चालनले समस्या निम्त्याउने भन्दै नेपाल पक्षका नेताहरु अझै पनि ओलीको राजीनामाकै पक्षमा दृढतापूर्वक उभिने निश्र्कषमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीसँगको यो संर्घषमा प्रचण्ड र उनी पक्षिय नेताहरुले कस्तो स्टेप चाल्छन्, त्यसैका आधारमा सहयोग गर्ने नगर्ने निधो हुने ति नेताको भनाई छ । तर अहिलेलाई पार्टीको महाधिवशेन अघि सम्म प्रचण्डलाई नै साथ दिएर जाने निश्र्कष पनि नेपाल पक्षिय नेताहरुको भेलाले निकालेका छन् । प्रचण्डजीले नै धोका दिनुभयो भने उहाँको कुरा भयो, अहिलेसम्मको अवस्थामा उहाँलाई सहयोग गरेर जाने निष्कर्षमा हामी पुग्यौं, नेपाल पक्षिय अर्का एक स्थायी समिति सदस्यले भने ।
नेपाल पक्षले प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सामुहिक पहलमा पार्टीभित्र प्रधानमन्त्री ओलीको मनमौजी र स्वेच्छाचारिताको आवाज उठेको र त्यसलाई बीचमै कुनै नेताले छोडेमा पार्टी इतिहासमा त्यसले गम्भिर संकट ल्याउन सक्ने भएकाले अन्तिम सम्म पार्टीभित्रका खराबीको सामना गरेरै जानुपर्नेमा अडिग हुनुपर्ने निश्र्कष नेपाल पक्षका नेताहरुले निकालेका छन् । ओलीले कमजोरी नै स्वीकार नगर्ने, आत्मआलोचना नै गर्न नचाहने हठले पनि पार्टीलाई आगामी चुनावमा गम्भिर धक्का लाग्न सक्ने तर्फ नेपाल पक्षका नेताहरुले सचेत हुनुपर्ने बताएका छन् ।
पार्टी कुनै एक जना ब्यक्तीको मात्र होइन, यसमा हामी सबै नेता कार्यकर्ताको योगदान परेको छ, त्यस्तो पार्टीलाई एउटै ब्यक्तिका कारण सखाप हुने बाटोमा जान दिनुहुदैन, नेपाल पक्षका ति स्थायी समिति सदस्यले भने, यसकारण पनि पार्टीलाई जोगाउन सबै मिलेर जानुपर्छ । ब्यक्तीवादको विरोध गर्न सक्नुपर्छ । प्रधानमन्त्री ओली सरकार र पार्टी सञ्चालनमा बुढो भईसकेको र अव ओलीको दिमागबाट सरकार र पार्टी दुवै चल्नै नसक्ने निष्कर्षमा नेपाल पक्ष स्पष्ट छ ।
‘उहाँ (ओली) ले नजानेर त्यसो गर्नुभएको होइन, जानी–जानीकन स्वेच्छाचारि ढंगले सरकार चलाइरहनुभएको छ त्यसले राम्रो गर्दैन,’ भेलाको निष्कर्ष सुनाउँदै ति नेताले भने ‘प्रधानमन्त्रीको यो स्वेच्छाचारिता र गलत बाटोले पार्टी र सरकार सञ्चालनलाई नै ठेस पु¥याएकोले सही ठाँउमा ल्याउन नेताहरुको सामुहिक संर्घष नै आवश्यक छ । त्यसका लागि अहिले प्रचण्डलाई पनि साथ साथ लिएर जानुपर्छ ।
नेपाल निकट नेताहरुले महाधिवशेनमा आफनो पक्षको फरक धारणा र वैचारिक राजनीतिक सोच भएपनि अहिले महाधिवशेनसम्म प्रचण्ड आफुहरुसँगै ओलीको स्वेच्छाचारिता विरुद्द लडेर जान खोजे साथ दिएरै जाने निश्र्कष निकालेका छन् । एक नेताले भने, प्रचण्डजी यो संर्घषमा ढृढतापूर्वक उभिनुभयो भने साथ दिएर जाने हो, उहाँले नै साथ छोड्नुभयो भने अर्को विकल्प सोचौँला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल
माधव नेपाल रुस प्रस्थान