काठमाडौं । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तले सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेका छन् । पन्तले सरकारले गरेको पछिल्लो निर्णयले मध्यपूर्वमा रहेका नेपालीहरुलाई ठूलो राहत मिल्ने बताए ।
अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्। । सरकारले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको थियो ।
यसअघि गैरआवासीय नेपाली संघले विदेममा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसंग पटकपटक छलफल गरेको थियो । स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गर्ने निर्णय सरकारले विहीवार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबिच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल
एनआरएनएलाई नियमित बाहेकका काम नगर्न परराष्ट्रको पत्र
एनआरएनएको बद्री पक्षलाई कुँवरको चेतावनी
एनआरएनएको आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता