काठमाडौँ । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ ।
गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् । तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् ।
त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गरे । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० असार २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !