काठमाडौं । मुलुकको कार्यकारी प्रमुख देश र जनताप्रति जिम्मेवार हुनुपर्छ। कार्यकारी प्रमुखले जनताको आशा र अपेक्षा सम्बोधन गर्नुका साथै व्यक्त गर्ने धारणा पनि तथ्य, तथ्यांकमा आधारित र जिम्मेवारपूर्ण हुनुपर्छ।
त्यसमा पनि संसदीय शासन व्यवस्थामा कार्यकारी प्रमुख (प्रधानमन्त्री) जनताको प्रतिनिधिमूलक संस्थाप्रति अझ बढी जवाफदेही हुनुपर्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा संघीय संसद्मा राखेका धारणा गैरजिम्मेवार छन्। प्रधानमन्त्री ओलीका कुरा सुन्दा उनले ले जे बोले पनि हुन्छ जस्तो लाग्छ। देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्री आफूखुसी जे मनलाग्यो त्यही बोलिरहेका छन्।
‘प्रधानमन्त्री अन्टसन्ट बोल्नुभन्दा समस्या समाधानतर्फ गम्भीर भएर लाग्नुपर्छ। ’
प्रधानमन्त्री संसद् र जनताप्रति जवाफदेही हुनुपर्नेमा उनले गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएको नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल बताउँछिन्। ‘प्रधानमन्त्री ओलीले जनताको अपेक्षा सम्बोधन गर्नुपर्छ। सबै मन्त्रालयको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन्, ‘तर प्रधानमन्त्रीका कुरा सुन्दा उहाँले जनताको आकांक्षा सम्बोधन गर्ने र मन्त्रालयहरुको जिम्मेवारी लिनुभन्दा आफूखुसी अन्टसन्ट धारणा राख्दै आउनुभएको छ। ’
मन्त्रीहरुले राख्ने धारणा पनि जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै भुसालले प्रधानमन्त्रीले राख्ने धारणा त अझ धेरै जिम्मेवारपूण हुनुपर्ने बताइन्। ‘उहाँ
(प्रधानमन्त्री) जिम्मेवार देखिनुभएन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले राखेका धारणा सुन्दा लाग्छ उहाँमा म नै अलइन अल हो भन्ने बुझिन्छ। उहाँले भनेकै मात्र सत्य हो। बहुमतको प्रधानमन्त्रीले जे भने पनि हुन्छ जस्तो देखियो। जुन ठिक होइन। मुलुकमा सबैभन्दा जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ। ’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ असार २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली