रुपन्देही । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ जना युवा घाइते भएका छन् ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको हो ।
प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएका छन् । उनीहरु सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते