सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका राइको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते