काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर तितरवितर पारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन