काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । मोर्चाका अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप (भद्रकालीतर्फ मुख्यसडकमा नै रहने) छ ।
यस्तै रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप (रत्नपार्कतर्फको भागमा नै रहने) छ भने रुट नम्बर–३ मा सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप (आर.आर. क्याम्पसतर्फको भागमा नै रहने) छ । जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ ।
१ बजेदेखि हुने वृहत जनसभाको कार्यक्रमिक मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने