विश्व वातावरण दिवसको अवसरमा भरतपुर महानगरद्वारा वृक्षारोपण

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, १२ : ५४
विश्व वातावरण दिवसको अवसरमा भरतपुर महानगरद्वारा वृक्षारोपण

चितवन । विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले शुक्रबार वृक्षारोपण गरेको छ ।

शुक्रबार विहान भरतपुर महानगरपालिका परिसरमा महानगर प्रमुख रेनु दाहालले विभिन्न प्रजातिका फलफूलको विरुवा रोप्दै वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताउनुभयो । 

प्रमुख दाहालले वातावरण संरक्षणबिना मानवजातीको समेत संरक्षण हुन नसक्ने बताउँदै विश्वव्यापी रुपमा भैरहेको वातावरण विनासले मानवजाती माथि नै संकट सृजना भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले वातावरण संरक्षण र विकासका पूर्वाधारलाई समानान्तर ढंगले अगाडि बढाइरहेको समेत बताउनुभयो ।

भरतपुर महानगरपालिकाले महानगरका २९ वटै वडामा आज वृक्षारोपण गरी वातावरण संरक्षण सम्बन्धी जनजागरण सुरु गरेको छ । शुक्रबार मात्रै महानगरपालिकाले ६ सय बढी विभिन्न जातका विरुवाहरु रोपेको छ । भरतपुर महानगरपालिका वातावरण विभागका ईन्जिनियर घिमिरेले रोपिएका विरुवाहरुको संरक्षण गोडमेलका साथै नयाँ विरुवा रोप्ने कामलाई निरन्तरता दिने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस